ब्यानर न्युज


रसुवा बाढी: हालसम्म २७० जनाको शव भेटियो

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ...

नेपालतर्फ गएको भूकम्पका कारण बाढी र पहिरो गयो : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा...

राहत, उद्धार र पुनर्निर्माणमा एक भई जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् । सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक...

भोटेकोशी बाढी : आबुखैरेनीमा भेटिएका ९ शव पोखरा ल्याइयो

पोखरा। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...

बाढी प्रभावित क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं । रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो। केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलका अनुसार विपद् प्रभावित क्षेत्रमा...

रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार

काठमाडौं । रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ । नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् । यसै क्रममा टनेलबाट...

बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै...

रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको हो। सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा...

सर्वदलीय बैठक बस्दै, बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौं । आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठकको आह्वान गरेका हुन् । बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा...