ब्यानर न्युज


रसुवा बाढी : ७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो। उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा...

तिब्बतमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको चीनले गरायो जानकारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई जानकारी गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका...

रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गृहमन्त्रीको तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् । यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाइँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई...

राहत, उद्धार र खोजीमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि निजी हेलिकप्टर परिचालन गर्न छुट्टै अनुमति लिनु नपर्ने निर्णय गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्ने व्यवस्था...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा...

रसुवा बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी...

रसुवा बाढी : उद्धार तथा राहतका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा...

प्रधानमन्त्रीद्वारा उच्च स्तरीय बैठक आह्वान

काठमाडौं । रसुवा बाढीको घटनापछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली...