रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (शनिबार) बस्दैछ । अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने तय भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । जसमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख र उपप्रमुख मनोनयन लगायतका विषयमा छलफल हुनेछ ।

केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ । यसका साथै मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए । बैठकमा अन्य विविध विषयमा छलफल उनले बताए ।

  • १७ आश्विन २०८३, शनिबार ०८:२१ प्रकाशित