काठमाडौं ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार विरुद्ध आन्दोलनमा उत्रन्छौं भन्ने विपक्षी दलहरुलाई आन्दोलनबाट सरकार परिवर्तन नहुने जवाफ दिएका छन् । नेपाली कौग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो जवाफ दिएका हुन् । सभापति लामिछानेले सरकार परिवर्तनका लागि सडक आन्दोलन नभई निर्वाचन नै वैधानिक र अचुक माध्यम भएको उल्लेख गरे ।
लामिछानेले निर्वाचनमा जनताले दिएको मतको अपमान गर्ने, निर्वाचन प्रक्रिया नै गलत भएको दाबी गर्ने तथा चुनावको सुरक्षामा खटिने सुरक्षा निकायमाथि अनावश्यक प्रश्न उठाउने काम लोकतान्त्रिक अभ्यासविपरीत हुने तर्फ समेत विपक्षीहरुलाई सचेत गराएका छन् ।
‘हामीलाई विस्थापित गर्ने अचुक उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौं,’ उनले भने, ‘लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाट मात्रै बलियो बनाउन सकिन्छ । जनताले मतदान गरेर दिएको जनादेशलाई अपमान गर्ने, निर्वाचन नै गलत थियो भन्ने वा सुरक्षा निकाय र विदेशी हस्तक्षेपको आरोप लगाएर हल्का टिप्पणी गर्ने काम बन्द गर्नुपर्छ ।’
आफ्नो दल र नेतृत्वप्रति जनताले गरेको विश्वाससँगै केही स्थानमा देखिएको मतदाताको असन्तुष्टिलाई पनि आफूहरूले गम्भीर रूपमा बुझेको लामिछानेले उल्लेख गरे । उनले आफ्नो दलले जनताको अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा जनताले पराजित गर्न सक्ने भन्दै त्यसलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै लामिछानेले कांग्रेसलाई एक कार्यकाल प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने अवसर दिन आग्रहसमेत गरे । बीपी कोइरालाको लोकतान्त्रिक विचारप्रति आस्था राख्नेहरूले जनताको निर्णयलाई सम्मान गर्नुपर्ने उनको टिप्पणी थियो ।
‘














