
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो। केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित...

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्तिमार्फत...

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । ११२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे...
भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले तीन वर्ष अगाडि जनतामा जाँदा आफूले गरेको बाचा पुरा गर्न प्रतिवद्ध भएर लागेको बताएका छन् । आँधीखोला तटबन्ध गर्ने, बयरघारीबाट बानेथोक देउराली वडा कार्यायसम्म र मोहन डाँडा हुँदै पर्वत जोड्ने बाटो बनाएर कम्तिमा ठूलो भञ्ज्याङसम्म कार चढेर अर्को निर्वाचनमा पुग्ने बाचा उनले भुलेका...
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले कृषि र पशु व्यवसाय मार्फत गल्याङवासीको जीवनस्तर माथि उठाउने काम भइरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पशु र भौतिक पूर्वाधारलाई बराबर प्रथमिकता तर शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथिमकता दिएर गल्याङको विकासमा जुटेको उल्लेख गरेका उनले आफू निर्वाचित भएपछिको तीन वर्षको अबधीमा...

पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारी यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलोमध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका संरक्षक समेत हुन् । पोखरामा सोफासहितका सुविधा सम्पन्न यात्रुबहाक बस भित्र्याउने अधिकारीले अहिले आफ्नो ट्राभल्स कम्पनीमा करिव ३०० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएका छन् । झण्डै...
काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रेम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ।...

काठमाडौं । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो सुनकोसीमा खस्दा तीन जनाको ज्यान गुमेको छ भने तीन जना बेपत्ता भएका छन् । सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसीमा खसेको हो । सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी छ । दुर्घटनाबारे...