एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू भएन

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...

कास्की क्षेत्र नं २ की एमाले उम्मेदवार विद्या भट्टराईले गरिन मतदान

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मतदान गरेकी छिन् । भट्टराईले पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा गई मतदान गरेकी हुन् । भट्टराईले बिहान ७ बजे नै मतदान केन्द्र...

पोखरा महानगर प्रमुख आचार्यले गरे मतदान

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मतदान गरेका छन् । पोखरा–३३ स्थित शान्ती उदय माध्यमिक विद्यालय बरपाण्डेथुममा आचार्यले मतदान गरेका हुन् ।

सिन्धुपाल्चोकमा एमाले र माओवादी कार्यकर्ताबीच मतदान केन्द्रमै झडप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एमाले र माओवादी कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको छ । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको हो । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन्...

रामकुमारी झाक्रीले गरिन् मतदान

पोखरा । गठबन्धनको तर्फबाट गुल्मी २ मा साझा उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छन् । बिहान मतदान सुरु भएसगै झाक्रीले मतदान गरेकी हुन् । झक्रीले मतदान पछि आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको जनकारी दिएकी छन्। मदाने गाउँपालिका वडानम्बर...

कास्की–३ गठबन्धनका उम्मेदवार रामजी बरालले गरे मतदान

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)ले मतदान गरेका छन् । बरालले पोखरा–२२ को महेश्वरी मा.वि. केन्द्रबाट मतदान गरेका छन् । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका...

प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु

पोखरा । प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयनका लागि  देशभर एकसाथ मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ...

आज अन्तरिक उडान नहुने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन आज आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार...

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आज, साढे पाँचहजार जना प्रतिस्पर्धामा

पोखरा । आज देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७...