पोखरा ।
नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मतदान गरेकी छिन् ।
भट्टराईले पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा गई मतदान गरेकी हुन् । भट्टराईले बिहान ७ बजे नै मतदान केन्द्र गई आफुलाई मत खसालेकी हुन् ।
















