सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा एमाले र माओवादी कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको छ ।
सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको हो । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् ।
सुरक्षाकर्मी तत्काल खटाइएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।पूर्वसभामुख अग्नि सापकोटाले केहीबेरअघि यसै केन्द्रबाट भोट हालेका थिए ।
















