एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू भएन

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले बताए ।

उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

  • ४ मंसिर २०७९, आईतवार ०९:४३ प्रकाशित