पोखरा ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)ले मतदान गरेका छन् । बरालले पोखरा–२२ को महेश्वरी मा.वि. केन्द्रबाट मतदान गरेका छन् ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका उम्मेदवार बरालले आइतबार विहान ७ः०० बजे नै महेश्वरी मा.वि.को (ख) मतदान केन्द्रबाट मतदान गरेका हुन् । पोखरा–२२ मा ३ मतदान स्थलमा ७ मतदान केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन्।
बरालले आफैलाई मतदान गर्ने अवसर प्राप्त गरेका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उनले आफ्नो मत आफैलाई राख्न पाएका थिएनन्। बाम गठबन्धनबाट उम्मेदवार भएका बरालले २०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका थिए ।
बरालसँग नेकपा एमालेका नेता दामोदर बैरागीलगायत प्रतिष्प्रर्धीहरु छन् ।













