रामकुमारी झाक्रीले गरिन् मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
गठबन्धनको तर्फबाट गुल्मी २ मा साझा उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छन् ।

बिहान मतदान सुरु भएसगै झाक्रीले मतदान गरेकी हुन् । झक्रीले मतदान पछि आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको जनकारी दिएकी छन्।

मदाने गाउँपालिका वडानम्बर ४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि. को मतदान केन्द्रबाट झक्रीले मतदान गरेकी हुन्। उनले पूर्वसहकर्मी एमालेका गोकर्ण विष्टसंग प्रतिष्प्रर्धामा छिन् ।

  • ४ मंसिर २०७९, आईतवार ०८:२३ प्रकाशित