प्रमुख समाचार


नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग...

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको ज्यान गयो

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य...

आइसिसी वरियताको तेस्रो स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार २५६ रेटिङ अंकका साथ ऐरी वरियताको तेस्रो स्थानमा...

अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्रा भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको...

कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा विपद् व्यवस्थापन कोष सञ्चालनमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । त्यसका लागि पालिकाले राहत र पुनःस्थापना विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ । गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट...

स्याङ्जामा अवैध रुपमा बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना

पोखरा । स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गरिरहेको अवस्थामा एक टयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । आज प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले भिरकोट नगरपालिका वडा नम्बर १ एकुवारबाट बयघारी...

सुकुमवासी बस्तीबाट विस्थापित पीडितहरुले गरे खबरदारी र्‍याली

काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएका पीडितहरूले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन् । उनीहरूले बिहीबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका हुन् । उनीहरूले सरकारले क्षतिपूर्तिमा बेवास्ता गरेको, नागरिकले ज्यान...

बागमती सरकारलाई समर्थन गरेका उद्वव थापालाई राप्रपाले गर्‍यो पार्टीबाट निष्काशन

काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए। उनको...

जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

काठमाडौं । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका...