अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्रा भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको थियो । तर, पाउन्डसहित कतिपय मुद्रा सस्तिएका थिए ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ५ भाद्र २०८३, शुक्रबार ०७:३७ प्रकाशित