जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

झापा ।

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको ज्यान गएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको संख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको ज्यान गइसकेको छ ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए। रासस

  • ५ भाद्र २०८३, शुक्रबार ११:१५ प्रकाशित