काठमाडौं ।
सुकुमवासी बस्तीबाट विस्थापित भएका पीडितहरूले काठमाडौंमा खबरदारी र्याली निकालेका छन् । उनीहरूले बिहीबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालेका हुन् ।
उनीहरूले सरकारले क्षतिपूर्तिमा बेवास्ता गरेको, नागरिकले ज्यान नै गुमाउँदा पनि सरकार गम्भीर नबनेको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।
सरकारले गत वैशाखमा डोजर चलाए यता ज्यान गुमाउने भूमिहीनको संख्या ९ जना पुगेको छ । नागरिकको ज्यान जाँदा पनि सरकारले उचित व्यवस्थापनमा ध्यान नदिएको उनीहरूको गुनासो छ ।
मोर्चाका अनुसार हिरा हजारा दुषाध (पासवान) , इन्द्रबहादुर राई, रविन तामाङ, कमला बलाम्पाकी, हिरा पुन, भेषबहादुर दर्जी, रतनदेवि मलाहानी, उज्जवल तामाङ, पार्वती बिक र पासवानको ज्यान गएको हो ।
मृतकहरूको सम्झनामा यसअघि शोकसभा गरिएको थियो भने आज खबरदारी र्याली गरिएको हो ।











