समाज


रोल्पाको जलजलामा मेला भर्न गएकाहरु चढेको जिप दुर्घटना : १५ गम्भीर घाइते

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना...

सुकुमबासी सङ्घले गर्‍यो आम हडतालको घोषणा

  काठमाडौं । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राख्दै आन्दोलनको घोषणा गरेको संघका अध्यक्ष अमर परियारले जानकारी दिए। संघले चार चरणमा आन्दोलन गर्ने भएको...

जिसस कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०८२-८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधिन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति...

लगातार तेस्रो दिन घट्यो सेयर बजार

काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट...

बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् ।पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानी पर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर...

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ ।रवि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गराएका हुन्...

नक्सा प्रकरणमा नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

काठमाडौं । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट विवादित भएपछि त्यसलाई हटाउँदै भारतसँग माफी मागेको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान नेटवर्कलाई नक्सामा देखाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा...

पोखरामा पहिलो पटक महिला गोल्डकप हुदैं, ४ टिम सहभागि हुने

पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा भोलिबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउने भएका हुन् । गोल्डपको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा...

ज्येष्ठ नागरिक सञ्जालद्वारा मन्त्रीलाई ध्यानाकर्षण

पोखरा । ज्येष्ठ नागरिक सञ्जाल नेपालले आज गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई  ज्येष्ठ नागरिकका हकहितलाई लक्षित गरी  ध्यानाकर्षणपत्र बुझाएको छ । ज्येष्ठ नागरिक सञ्जाल, नेपालका अध्यक्ष कुसुम केशव पराजुलीले उक्त ज्ञापन...