स्याङ्जामा सार्वजनिक मुद्दाका फरार २ अभियुक्त १० वर्षपछि पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा सार्वजनिक मुद्दाका फरार २ अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा राङभाङ गा.वि.स वडा नम्बर ८ घर भई हाल पुतलीबजार नगरपालिका वडा नम्बर १२ बस्ने दिल बहादुर गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर १६ का नर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

उनीहरुमाथि २०७३ साउन २४ गते सार्वजनिक अपराधमा जरिवानाको फैसाला भएको थियो ।त्यसपश्चात फरार उनीहरुलाई प्रहरीले २०८३ असार १९ गते आज पक्राउ गरेको जनाएको छ ।

  • १९ असार २०८३, शुक्रबार १५:२९ प्रकाशित