समाचार


इक्वेडर अपडेट : जेलमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । इक्वेडरको एक जेलमा भएको झडपमा परी मृत्यु हुनेको संख्या एक सय नाघेको छ । अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका...

बालुवाटारमा सर्वदलीय बैठक : संसदीय गतिरोध अन्त्यबारे छलफल हुने

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यबारे छलफल गर्न सर्वदलीय बैठक बस्दैँछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको हो । असन्तुष्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध...

आजदेखि अनेरास्ववियूको २२ औं सम्मेलन, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ।नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन असोज १६ गतेसम्म...

गुलाब चक्रवातको वितण्डा : महाराष्ट्रमा १२ जनाको ज्यान गुम्यो

पोखरा । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण त्यहाँ कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको...

मौसम पूर्वानुमान : देशका अधिकांस ठाउँमा मध्यम वर्षाको संभावना

पोखारा । भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको आधिकांश भू–भागमा सामान्य देखि पूर्ण...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...

मूल्यसूचि टाँस्न र बढी फाइदा नलिन व्यवसायीलाई पोउवा संघको आग्रह

पोखरा, १३ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न,बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य बस्तुहरु टाँसीमा नराख्न एवं बिक्री–बितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ । साथै आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको...

डलर सटहीमा कडाइ : २०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप...

पोखरा महागनर वडा नं १८ को भवन शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १८ को वडा कार्यालयको शिलान्यास भएको छ । बुघबार एक कार्यक्रमका बिच महानगर उपप्रमुख मञ्जु देवी गुरुङले सराङकोटमा वडा भवनको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले महानगरका सबै वडा कार्यालय व्यवस्थित...