बालुवाटारमा सर्वदलीय बैठक : संसदीय गतिरोध अन्त्यबारे छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदमा देखिएको गतिरोध अन्त्यबारे छलफल गर्न सर्वदलीय बैठक बस्दैँछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको हो ।

असन्तुष्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेकाले त्यसबारे छलफल गरी समाधान निकाल्नका लागि बैठकमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरूद्ध गरिरहेको छ । प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

  • १४ आश्विन २०७८, बिहीबार ०९:३२ प्रकाशित