डलर सटहीमा कडाइ : २०० डलरभन्दा बढी साट्न नपाइने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप लगाउँदै २०० डलरभन्दा बढी सटही सुविधा दिए कारबाही गर्ने चेतावनी समेत दिएको थियो।

राष्ट्र बैंकले अहिले वैदेशिक रोजगारीमा जानेलाई प्रति पासपोर्ट २०० डलर र पर्यटन भिसामा जानेलाई १५ सय डलर सटही सुविधा उपलब्ध गराउने औपचारिक व्यवस्था गरेको छ। यो औपचारिक व्यवस्थामा कुनै संशोधन नगरी बैंकहरुमार्फत सटही सुविधा कडाइ गर्न खोजेको हो।

राष्ट्र बैंकले कडा रुपमा सटही गरेमा अनुसन्धान गर्ने भनेर धम्क्याएपछि बैंकका व्यवस्थापनले आफ्ना शाखा कार्यालयमा कसैले २०० डलरभन्दा बढी दिए त्यसको जिम्मेवार सम्बन्धित कर्मचारी हुने भनेर निर्देशन दिइसकेको छ।

  • १३ आश्विन २०७८, बुधबार १६:२२ प्रकाशित