मौसम पूर्वानुमान : देशका अधिकांस ठाउँमा मध्यम वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखारा ।

भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको आधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ।

राति देशभर आंशिक देखि सामान्य बदली बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • १४ आश्विन २०७८, बिहीबार ०६:३३ प्रकाशित