पोखरा महागनर वडा नं १८ को भवन शिलान्यास

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १८ को वडा कार्यालयको शिलान्यास भएको छ । बुघबार एक कार्यक्रमका बिच महानगर उपप्रमुख मञ्जु देवी गुरुङले सराङकोटमा वडा भवनको शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले महानगरका सबै वडा कार्यालय व्यवस्थित बनाउन भवन निर्माण गर्ने कामलाई तिव्रता दिइएको बताईन । केही वडामा भवन निर्माण सकिएको, केही निर्माणको क्रममा रहेको उनले जानकारी दिइन् । वडा कार्यालय बन्न वाकीँ वडामा जग्गा प्राप्ती लगायतका केही समस्या रहेका कारण ढिलाई भएको उनले बताइन् ।

यस्तै शिलान्या कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले वडाबाट प्रदान हुने सेवालाई सहज सरल बनाउन भौतिक संरचना पनि सोही अनुसारको हुनुपर्ने बताए । नयाँ संविधानमा स्थानिय तहलाई थप अधिकार प्राप्त भएको र सोही अनुसार वडामा पनि अधिकार थपिएको उनले बताए । नक्सा पास, राजस्व लगायतका काम अहिले वडाबाट गर्न सकिने भएकाले वडा कार्यालयलाई पनि सेवाग्राही मैत्री बनाउन आवश्यक रहेको बरालले बताए ।

महानगरका प्रवक्ता एवं वडानम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सबै वडामा वडा भवन बनाउने घोषित कार्यक्रम अन्तरगत काम भइरहेको बताए । उनले महानगरका सबै कार्यालयलाई पेपर लेस र प्रविधि मैत्री बनाउन लागिएको जानकारी दिए ।

महानगरका भवन निर्माण महाशाखा प्रमुख पूर्ण बहादुर गुरुङले एक कारोड ९६ लाख ८२ हजार भ्याट वाहेक रकममा ठेक्का लागेको बताए । एक वर्ष भित्र भवन निर्माण सम्पन्न हुने गरि सिम्रोन सिद्धार्थ, सरस्वती जेवीले ठेक्का पाएको छ । भवनमा १६ वटा कोठा रहने छन् ।


वडानम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले कार्याकालको अन्तिम समयमा आएर वडा कार्यालयको भवन शिलान्यास गर्न पाउदा खुशी व्यक्त गरे । भवनको अभावनमा सेवा प्रवाह गर्न अप्ठ्यारो भएको र सेवाग्राहीले दुख पाउने गरेको थापाले सुनाए । उनले जग्गा व्यवस्थापन लागायतका समस्यका कारण केही समम ढिला हुन गएको बताए ।

  • १३ आश्विन २०७८, बुधबार १६:१२ प्रकाशित