इक्वेडर अपडेट : जेलमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

इक्वेडरको एक जेलमा भएको झडपमा परी मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले चार सय प्रहरी परिचालन गरेको थियो । यो जेलमा लागुऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो । इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बीबीसीले जनाएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार ०९:४३ प्रकाशित