नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय सचिव गौतमले  अस्पतालका निर्देशक डा . दिनेश काफ्लेलाई उदृत गर्दै नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या रहेको केन्द्र खवरलाई जानकारी दिए ।

‘शारीरिक कमजोरीसँगै ज्वरो आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ,’ स्वकीय सचिव मोहन गौतमले भने, ‘अवस्था सामान्य छ, उहाँको ज्वरो र शारीरिक कमजोरीबारे चिकित्सकको समूहले अनुसन्धान गरिरहेको छ।’

उनमा देखिएको समस्याबारे चिकित्सकले अनुसन्धान गरेपछि उपचारको थप व्यवस्थाबारे निर्क्यौल हुने गौतमले जानकारी दिए ।

  • १३ आश्विन २०७८, बुधबार २१:३९ प्रकाशित