अन्तराष्ट्रिय


जापानमा शक्तिशाली समुद्री आँधी, ५०० उडान रद्द

टोकियो । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (शक्तिशाली समुद्री आँधी) को प्रभाव बढ्दै गएको छ । ‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता...

पाकिस्तानमा विस्फोट, कम्तीमा १६ जनाको ज्यान गयो

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले...

सुडानमा सुनखानी भत्किँदा कम्तीमा ६० मजदुरहरुको ज्यान गयो

सुडान । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको ज्यान गएको छ । साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धारको क्रममा ६० जनाको शव भेटिएको जनाइएको छ । रातभरि...

कङ्गोमा विवाह समारोहमा आगलागी : २२ जनाको ज्यान गयो

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा...

अमेरिकाले बाढीपीडितलाई तीन महिना पुग्ने गरी खाद्य सामग्री उपलब्ध गराउने

काठमाडौं । अमेरिकाले तीन महिनासम्म पुग्ने गरी नेपालका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनेभएको छ । ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने अमेरिकी सरकारले घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी...

चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर ९सीईएनसी० का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु २९.२३...

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु...

युक्रेनको राजधानी किभमा रुसको हमला : १३ जनाको ज्यान गयो, ४० घाइते

काठमाडौं । रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको ज्यान गएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी...

कोलकाताको होटलमा आगलागी, नौ जनाको ज्यान गयो

कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको...