ब्यानर न्युज


२०४ एम्पुल ड्रग्स,३०५ ट्याब्लेट नाइट्रोभ्याट,४७० ग्राम गाँजासहित इन्द्रपुरी टोलका दिक्षित पक्राउ

पोखरा । पोखरामा एक युवकको लागूऔषध(ड्रग्स) सहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बार ८ इन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचन ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी अस्ति आइतबार साँझ ६ बजेको समयमा पक्राउ...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका...

आफ्नै नेता फस्ने डरले सरकारले छानबिन समिति बनाउन मानेनः एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन गर्न सरकार डराएको आरोप लगाएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको...

सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न डा.केसीको माग

काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया...

देशभर ७७ प्रतिशत धान रोपाइँ : गण्डकीमा गतवर्ष भन्दा १४ प्रतिशतले कम

काठमाडौं । देशभर हालसम्म ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा...

पोखरामा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा भेटियो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको...

नयाँ प्रधानन्यायाधीश नियुक्तीमा अलमल, हरिकृष्ण कार्की साउन २० मा अवकाश

काठमाडौं । प्रधानमन्त्री तथा संबैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार दिउँसो संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँगको...

पक्राउ परेको साढे दुइ महिनामा टोपबहादुर रायमाझीको संसद् पद निलम्बन गरिदै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी...