काठमाडौं ।
अमेरिकाले युद्ध, सेना र हिंसा समाधान नभएको भन्दै भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार भेटघाटमा बोल्दै यस्तो अपिल गरेकी हुन् ।
‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो ।’ पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’
उनले नयाँ विचार र कूटनीति नै पुस्तौँदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान भएको उल्लेख गरिन् ।
अमेरिकी हस्तक्षेपबारेमा बोल्दै उनले उनले ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौँ । यो हाम्रो नीति हो’ भनेकी छन् ।