पोखरामा आज फर्सीको मुन्टाको भाउ सस्तियो, अन्य तरकारीको भाउ कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । आजका लागि तोकिएको मूल्यसूची अनुसार ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ६० रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो४८ रुपैयाँ देखि ५७ रुपैयाँ बढेको छ । हिजो सानो गोलभेडाको मूल्य ४३ देखि ५२ रुपैयाँसम्म रहेको थियो ।

फर्सीको मुन्टा प्रति मुठा ५० रुपैयाँ देखि ७० रुपैयाँ रहेको छ । फर्सीको मुन्टाको प्रति मुठाको मूल्य हिजो ६० देखि ८० रुपैयाँसम्म रहेको थियो ।

रायोको साग प्रति मुठा ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म, मेथीको साग ३० रुपैयाँ देखि ४० रुपैयाँसम्म, पालक साग प्रति मुठा ३० देखि ४० रुपैयाँसम्म रहेको छ । रायो, मेथी र पालक सागको कारोबार हिजोपनि सोही मूल्यमा भएको थियो ।

रातो आलु प्रतिकिलो ३५ रुपैयाँदेखि ४० रुपैयाँ, सेतो आलुको २५ देखि ४० रुपैयाँ रहेको समितिले बताएको छ । ब्रो काउलेको आजको मूल्य प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्म रहेको छ ।  कन्चे च्याउको प्रति केजी १८० रुपैयाँ देखि २२० रुपैयाँ रहेको छ । हिजो कन्चे च्याउको मूल्य १६० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको थियो ।

डल्ले च्याउ प्रतिकेजीको मूल्य आज ३५० देखि ४०० रुपैयाँसम्म रहेको छ । डल्लो च्यायुको कारोबार हिजोपनि सोही मूल्यमा भएको थियो ।

यस्तो छ आजको तरकारीको भाउ हेर्नुहोस्

  • २६ बैशाख २०८२, शुक्रबार ०९:४४ प्रकाशित