आज यी स्थानमा चट्याङसहित वर्षा र हावाहुरीको समेत सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा र हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • २७ बैशाख २०८२, शनिबार ०७:०७ प्रकाशित