भारत पाकिस्तान युद्धले रोकियो आईपीएल

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

  • २६ बैशाख २०८२, शुक्रबार १३:१२ प्रकाशित