काठमाडौं ।
साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले बढेको हो ।
आज सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।













