सशस्त्रमा एआईजी बढुवा गर्न ३ दिने सूचना

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ...

बलिउड कलाकार आलिया र रणवीरको आज विवाह

नयाँ दिल्ली । बलिउड चर्चित कलाकार आलिया भट्ट र रणवीर कपुर आज विवाह बन्धनमा बाँधिदैछन्। लामो समयदेखि प्रेम चर्चामा रहेका उनीहरुले अन्तत् प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको विवाहको खबरले दर्शक तथा फ्यानलाई निकै हर्षित बनाएको छ । कयौं पटक...

आज विसु पर्व : सुदूरपश्चिमको यो पर्व जहाँ एक अर्कालाई सिस्नो लगाएर मनाइन्छ !

डढेलधुरा । सुदूरपश्चिम प्रदेशमा आज (बिहिबार)विसु पर्व मनाइँदै छ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार विसु...

काठमाडौंमा आजदेखि बस भाडा बढ्यो (भाडादरसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा बस भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि...

स्वदेशी उत्पादनलाई बढावा दिई आत्मनिर्भर अर्थतन्त्र निर्माण गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नयाँ वर्षको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना...

ओलीद्धारा नयाँ वर्षको शुभकामना : सरकारमाथि आक्रोश,भने ‘जङ्गली आकाङ्क्षाले गतवर्ष समृद्धि रोकियो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् । ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन र सरकारमाथि...

चार वटा प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया मौसम सफा छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

नयाँ वर्ष २०७९ सुरु, शुभकामना आदानप्रदान गर्दै मनाइँदै

  पोखरा । आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प...

रुपामा अध्यक्ष, उपाध्यक्ष दोहोर्‍याउदै एमाले

पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दोहोर्‍याउने भएको छ। रुपा गाउँकार्यपालिका कमिटीको हिजो (मंगलबार) बसेको बैठकले स्थानीय तहको निर्वाचनमा अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई दोहो¥याउने निर्णय गरेको हो...