रुपामा अध्यक्ष, उपाध्यक्ष दोहोर्‍याउदै एमाले

केन्द्रभाग मिडिया

नक्सा रुपा गाउँपालिकाको वेबसाइटबाट

पोखरा ।

कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दोहोर्‍याउने भएको छ।

रुपा गाउँकार्यपालिका कमिटीको हिजो (मंगलबार) बसेको बैठकले स्थानीय तहको निर्वाचनमा अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई दोहो¥याउने निर्णय गरेको हो ।

अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङलाई सर्वसम्मत उम्मेद्वार बनाउन सिफारिस गरेको कार्यवहाक अध्यक्ष नीलकण्ठ रेग्मीले जानकारी दिए ।

कार्यवहाक अध्यक्ष रेग्मीले सिंगो पार्टी कमिटी एकताका साथ चुनावी माहोल बनाउन लाग्ने बताए ।वडा नम्बर १ मा शिव खनाल, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द बंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ, ७ मा कृष्ण सुवेदी वडा अध्यक्षमा सिफारिस भएका छन् । वडा नम्बर २ मा ४ जना आकांक्षी भएपछि टुंगिएको छैन ।

  • ३० चैत्र २०७८, बुधबार १७:१५ प्रकाशित