ओलीद्धारा नयाँ वर्षको शुभकामना : सरकारमाथि आक्रोश,भने ‘जङ्गली आकाङ्क्षाले गतवर्ष समृद्धि रोकियो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन र सरकारमाथि आक्रोश पोखेका छन् । ओलीले शुभकामनामा गठबन्धन सरकारलाई इंगित गर्दै जंगली आकांक्षा भएकाहरुको कारण समृद्धि रोकिएको उल्लेख गरेका छन् ।

शुभकामनामा भनिएको छ,‘गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो । ’

यस्तै ओलीले नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे ।

उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको पनि बताए । यस्तै उनले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हुने भन्दै किमार्थ स्वीकार्य नहुने बताए ।

ओलीले विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेल फेरि पुनरावृत्ति भएको बताएका छन् । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय रहेको आरोप उनको छ । उनले व्यवस्थापिका निकम्मा बन्दा र कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै गएको बताएका छन् ।

यस्तै उनले आफुहरुले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित बनेको गुनासो गरेका छन्

  • १ बैशाख २०७९, बिहीबार ०९:२४ प्रकाशित