समाज


राष्ट्रिय महिला आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । नेपालको संविधानको धारा २९४ बमोजिम...

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले...

अन्नपूर्ण गाउँपालिकामा कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको छलफल

पोखरा । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल कार्यक्रम सम्पन्न भएको छ। वडाको सिमाना हेरफेर...

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साबिकको पदमा बहाल गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा...

इरानलाई नष्ट गर्ने ट्रम्पको धम्कीबिच अमेरिका–इरानका अधिकारीबिच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबिच करिब तीन घण्टा वार्ता भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत...

शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना : आजैदेखि यी प्रदेशमा वर्षाको गतिविधि बढ्दै

काठमाडौं । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको बताइएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सो भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ...

संसद्‍मा यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा उठ्यो

काठमाडौं । संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक, सुन्य र विशेष समयमा बोल्ने सांसदहरूले त्रिपुरेश्वरमा सवारी चालक...

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनितिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो । दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका...