चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी आयोगको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

संविधान र कानुनमा व्यवस्था भए बमोजिम नै निर्वाचन मिति घोषणा गर्नका लागि आवश्यक छलफल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार निर्वाचनको वातावरण बनाउनका लागि मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि आयोगमा बोलाइएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा सदस्यको निर्वाचन गाउँ सभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुने व्यवस्था छ । आयोगको सिफारिसमा सरकारले निर्वाचन मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

  • ३० कार्तिक २०८३, सोमबार १५:४१ प्रकाशित