समाज


नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाडौं । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थिति प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको...

उद्धार र राहत व्यवस्थापनमा एआई र भू-उपग्रह प्रविधि प्रयोगको तयारी हुदैंछ : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्। बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो जानकारी...

अपडेट : चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

काठमाडौं। भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका छन् ।नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा...

भोलिदेखि लागु हुने गरी सार्वजनिक सवारी दर्ता खुला

काठमाडौं । सरकारले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला...

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन

काठमाडौं । सरकारले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न ७ सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन...

रसुवाको चिलिमे हाइड्रोको सुरुङमा दुई वटा शव भेटियो

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू भेटिएका छन् ।रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा २ वटा शव फेला परेका हुन् । उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।गत १० भदौमा आएको विनाशनकारी...

तनहुँको एक्लेखेतमा बाढी पस्दा १३ घरमा क्षति

अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ ।गए राति खोल्सामा बहाव बढेर...

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका...

रसुवा बाढीको नामकरण गर्न सरकारलाई दलहरूले आग्रह गर्ने

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न...