समाज


अमेरिकाबाट फर्केका गोरखाका श्याम मरहठ्ठाको विमानमै ज्यान गयो

काठमाडौं । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको ज्यान गएको हो । अचेत भएर उनको ज्यान गएको बताइएको...

प्रचण्डको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा सुधार देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई हिजो (शनिबार) बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । रुघा र ज्वरोका...

गण्डकी प्रदेशभित्र चल्ने राइड सेयरिङको भाडादर निर्धारण

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा निर्धारण गरेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२...

बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् ।आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार...

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

काठमाडौं । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । अधिकारीविरुद्ध...

पूर्वप्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना भएका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । आचार्यका अनुसार प्रचण्ड तीन...

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

काठमाडौँ । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

सडकको राष्ट्रव्यापी मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड बजेट

काठमाडौं । सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त...

२५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने

काठमाडौं । सरकारले निःशुल्क प्रदान गर्नेमध्ये २५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले शुक्रवार वार्षिक बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।