पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उनको बुधबार बिहान ९ बजे सेती नदी किनारको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय पराजुलीका १ छोरा र ४ छोरी छन् ।पराजुली ‘जनमत दैनिक’ का संस्थापक सम्पादक हुन् । उनलाई पोखराको गरिमा बढाएको भन्दै ‘पोखरेली नवरत्न’ बाट सम्मानित गरिएको थियो ।

 

  • १७ असार २०८३, बुधबार १३:२९ प्रकाशित