काठमाडौं।
पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सड्क अवरुद्ध भएको छ । मिर्दि चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ । सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङ नगरपालिका–१४ स्थित डुम्रिभञ्ज्याङमा पनि सड्क अवरुद्ध भएको छ । डुम्रिभञ्ज्याङ स्थित वालिङ–हुवास भित्री पक्की सड्क खण्डमा पहिरो खस्दा पूर्ण रूपमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै ठाउँको सड्क खुलाउने प्रयास गरिरहेको छ ।











