स्याङ्जामा चितुवाले एउटै खोरका ६ वटा बाख्रा र २ बोका मार्‍यो

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा चितुवाले एउटै खोरका ६ वटा बाख्रा र २ बोका मारेको छ ।

गएराती (असार १६ गते राती) स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ बारीचौर बस्ने ४२ वर्षीय निम बहादुर थापाको घर नजिकै रहेको बाख्रा खोरमा चितुवा पसी खोरमा रहेको ६ बाख्रा र २ बोकालाई मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

चितुवाले एउटै खोरमा रहेको ६ वटा बाख्रालाई मारेको र २ बोकालाई लगेको सुचना पाउनासाथ प्रहरीले घटनाबारे बुझिरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेश दत्त अवस्थीले बताएका छन् ।

  • १७ असार २०८३, बुधबार १५:२४ प्रकाशित