समाज


गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा । गण्डकी प्रदेश र मधेश प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच बुधबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका...

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले...

निर्दयी व्यवहार गर्दै पशुचौपाया ढुवानी गर्ने स्याङ्जाका एक व्यक्ति पक्राउ

स्याङ्जा । पशुचौपायालाई निर्दयी व्यवहार गर्दै ढुवानी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४० का ईश्वर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । असार २२ गते राती...

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

काठमाडौं। स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ...

कास्कीका सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा

पोखरा । कास्कीका बिभिन्न सात स्थान पहिरो तथा सडक अवरोधको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रस्तुत गरेको प्रतिकार्य योजनामा पृथ्वी राजमार्गअन्तर्गत विजयपुर, पुम्दीभुम्दी, चङ्खपुर...

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बुधबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ३...

रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु–छोरा पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर...

असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित

काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित...

४४ निर्माण कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐनको व्यवस्था अनुसार यी...