निर्दयी व्यवहार गर्दै पशुचौपाया ढुवानी गर्ने स्याङ्जाका एक व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

स्याङ्जा ।
पशुचौपायालाई निर्दयी व्यवहार गर्दै ढुवानी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४० का ईश्वर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

असार २२ गते राती ११ बजेको समयमा गल्याङबाट काठमाडौंतर्फ २५ वटा भैसी तथा पाडो र ४ वटा बाख्रालाई ट्रकको छतको हुडमा मापदण्ड विपरित निर्दयी व्यवहार गरी ढुवानी गरिरहेको अवस्थामा फेला पारेपछि नेपालीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।

चेकजाँचको क्रममा बाग्मती प्रदेश ०१००६ ख ३५३७ नंम्बरको ट्रकमा पशुचौपायालाई निर्दयी व्यवहार गरी ढुवानी भएको भेटिएको सुचना अधिकारी अवस्थीले जनाए ।

नेपालीमाथि पशुपक्षी सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले बताएको छ।

  • २४ असार २०८३, बुधबार १५:२९ प्रकाशित