काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।
पोखरा । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि आज पहिलो पटक बैठक बस्न लागेको हो। बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पोखरा । नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उक्त क्षेत्रमा उनीसहित अहिलेसम्म...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल)को रिट सर्वोच्चमा दर्ता भएको छ । युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूमाथि कानुनी उल्झन नआउने जिकिर गरेका छन् । सोमबार चितवन क्षेत्र नम्बर–२ का लागि उमेदवारी दर्ता गराएपछि उनले आफूविरुद्धको मुद्दा न्यायिक प्रक्रियाबाट टुंगोमा पुगेको भन्दै अब...
सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले कतिपय...