उम्मेदवारी दर्ता पछि रविले भने– अब कानुनी उल्झन हुँदैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूमाथि कानुनी उल्झन नआउने जिकिर गरेका छन् ।

सोमबार चितवन क्षेत्र नम्बर–२ का लागि उमेदवारी दर्ता गराएपछि उनले आफूविरुद्धको मुद्दा न्यायिक प्रक्रियाबाट टुंगोमा पुगेको भन्दै अब समस्या ननिम्तने बताए । राहदानीको विषय न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको उनको भनाइ छ ।

लामिछानेले अब आफूसँग जनताको शक्तिबाहेक अरू केही नभएको तर्क गरे । उपनिर्वाचनमा आफ्नै बलमा अघि बढेको पनि उनले बताए ।

  • २० चैत्र २०७९, सोमबार १३:२६ प्रकाशित