एमालेबाट तनहुँ १ मा पूर्वआईजीपी सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उक्त क्षेत्रमा उनीसहित अहिलेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाज प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

  • २० चैत्र २०७९, सोमबार १४:०९ प्रकाशित