राजनीति


संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ ९आईपीयू०को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले...

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । टोलीले त्रिभुवन विमानस्थलमा...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको...

अर्को उथलपुथल गर्न बेर लाग्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणले काम गर्न नसके फेरि पनि उथलपुथल हुन बेर नलाग्ने बताएको छन् । बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्  । प्रधानमन्त्री प्रचण्डले...

देउवा पत्नी आरजुको दिल्लीमा शल्यक्रिया सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराथाइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार...

चार बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संक्रमणकालिन न्याय, संघीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका...

चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता...

सुदूरपश्चिम प्रदेश नाउपाका दुई मन्त्रीको जिम्मेवारी तोकियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन...