संसद् बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् ।

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ ।

  • २८ बैशाख २०८१, शुक्रबार ११:०८ प्रकाशित