गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेसीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनका कारण आजका लागि पेसी तोकिएका सबै मुद्दा आज स्थगित भएको हो । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित भएको हो ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतविरुद्ध कांग्रेसका सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो । रिटको सुनुवाई न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको थियो ।

तर, प्रशासनिक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ । कोशीका अपदस्थ मुख्यमन्त्री केदार कार्की पनि रिट दर्ता गर्न सर्वोच्च पुगेका छन् । सुनुवाई नभए पनि रिट दर्ता भने हुनेछ ।

 

  • २७ बैशाख २०८१, बिहीबार १७:३७ प्रकाशित