समाचार


कास्कीमा आजबाट टाइफाइड विरुद्धको खोप अभियान

पोखरा । कास्कीमा आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदैँछ । आज अमरसिंह माविमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अभियानको सुभारम्भ गर्ने कार्यक्रम छ । चैत २४ गते आजबाट अभियानको सुरुवात भए पनि २५ गते(भोलि)बाट खोप लागाउन थालिने...

आज एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । हाल नेपालमा भारतको बिहार तथा...

पृष्ठभूमि ‘गुण्डा नाइके’ रहेका मन्त्री गुरुङ आफ्नो विगतलाई पछ्याइरहन्छन्

पोखरा । मनाङ (ख) बाट सांसद निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण तत्काल शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । त्यसपछि औपाचिरक रुपमा ‘माननीय सांसद’ बनेका उनी अहिले गण्डकी प्रदेशका माननीय...

पोखरामा खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सुरु (फोटोफिचर)

पोखरा । २० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पोखराम सुरु भएको छ । प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ र टेन्डमतर्फ ३७ खेलाडीहरुले प्रतिष्पर्धामा उत्रिएका छन् । सहभागी मध्य ८ महिला खेलाडी रहेको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले...

ContentОбзор КомпанииПлатежные Системы И Валюты СчетаКак Сделать Ставку На Киберспорт В Бк «спортбет» («мостбет»)Приветственный БонусВыплаты И МенеджерТрудолюбивый Баер, Готовый Ворваться И Делать Топовые Результаты :)Широкий Выбор Спортивных МероприятийНасколько...

हिसानको महाधिवेशन चैत्र २५ र २६ गते

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघले आठौँ राष्ट्रिय महाधिवेशन यहि चैत २५ र २६ हुने भएको छ । महाधिवेशन काठमाडौंमा हुने आज बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। हिसानमा अध्यक्ष रमेश कुमार सिलवालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख...

भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतलाई थप बिजुली बेच्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन मार्फत थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको...

बार निर्वाचन अपडेट : गठबन्धनका घिमिरे करिब ५ सय मतले अगाडि

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन् । केन्द्रीय कार्यसमिति निर्वाचनको जारी मतगणनामा घिमिरेले ९३२ मत पाएका छन् । हालसम्मको मत परिणामअनुसार घिमिरे करिब ५ सय मतले अगाडि छन् । प्रगतिशील समूहबाट उम्मेदवारी...

तनहुँमा १३ वर्षीया बालिका बेपत्ता

तनहुँ। तनहुँमा एक बालिका हराएकी छिन् । ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता रहेको बताइएको छ । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय...